राती १ बजेर २३ मिनेटमा फोनको घण्टी बज्यो । यसो हेरे आमाले गरेको रैछन । मैले फोने हेरेपछी फोन उठाउन जति समय लाग्यो त्यो बिचमा पक्कै यो खबर होला भनेर जुन सोचेको थिए आमाले त्यही सुनाए । आमाले भने रामेनी काकी बिते रे । किन हो थाहा छैन मेरो मनले पहिले नै थाहा पाइसकेको थियो । पक्कै यही खबर सुनाउने होला भनेर । बिरामी भएको चै सुनेको थिए । मैले, ए हो ए बिचरा भनेर हाम्रो सँवाद टुङ्गियो । आमालाई छोराको चिन्ता लाग्यो ल सुत सुत भनेर फोन राखे ।
हामीले रामेनी काकी रामेनी काकी भन्थ्यौ । रामे काकाको श्रीमती भएर त्यसो भनिएको हो । नाम चै काली थामी थियो । काकी पहिल्यै देखि मोटीमोटी भन्दा पनि पेट चै ठुलो थियो । मेरो सानो बेलाको मिल्ने साथी गणेशको र म सँग पढ्ने श्यामेको आमा । गणेश चै मेरो उमेर सँगैको हो । त्यो र म केही दिन वा केही समय अन्तरको मात्र हौ । त्यो र म भए पछी हामी सानो बेला दिनभरी हराइदिन्थ्यौ । मकैघारी, पाखा, तोर्घाङ्ग, खेततिर जता मन लाग्यो त्यतै डुल्थ्यौ । मलाई एउटा सम्झना छ सार्है सानो बेलाको होला । त्यती बेला सडक बनेको थिएन । कुसिपा जानको लागि अहिले जुन भिरको बाटो छ त्यो बाटो प्रयोग गर्नु पर्दथ्यो । त्यहाँ वाङ्सिजोर भन्ने खोला रहेको छ । हो त्यो खोलामा गणेश र म यत्तिकै खेल्दै थिएम । साहेद पानी छेक्दै थिएम होला अथवा घट्ट बनाउदै थिएम होला वा भुवारी बनाउदै थिएम कि समय हिउदको हो ठ्याक्कै के गर्दै थिएम चै याद आएन । हामी एकसुरमा खेल्दै थिएम । बिन्दास दुइजना मात्र । एक्कासी माहुइ फुपु र फुपाजु(चाथलीको) माइती बाट फर्केर घर हिडेका रहेछन । हामीलाई खोलामा खेलेको देखेर अझ पनि नखेलोस भनेर उ माथी हेराओ त बाघ आएको छ, ए आइ हाल्यो भागाओ तिमेरू भाग भनेर तर्साए । हामी पनि हो न हो देख्न चै देखेनौ ठुलो मान्छेले भनेको होला नी भनेर पत्तातोड भागेम । मैले धेरै पछि सुने कागले कान लग्यो भनेर पहिले कान छाम्नु पर्ने उखान । हो त्यसरी खेल्थेम गणेश र म । सानो बेलामा सबै भन्दा मिल्ने दोस्ती, काले, बलियो मोरो मेरो साथी । हो त्यस्को आमा बितेको खबर सुने मैले । अब कस्तो आमा भने । मेरो मिल्ने साथी त भने मैले सानो बेला दिनभरी बराल्दा भोक लाग्यो भने हामीले त्यती बेला खाजा खाने भनेको बिहानको डिढो उभ्रिएको छ भने नुन खुर्सानी मोलेर डिढो चोपोर खाने हो थियो । कहिले हाम्रो घरमा उभ्रिन्थ्यो कहिले त्यस्को घरमा । हामी कान्छा कान्छा दुवै जना उमेरले नी सानो । सानो भएसी भोक पनि छिटो लाग्ने । हामी बिहानको खाना खाएसी केही क्षण डुले पछी खाइहाल्थ्यौ । कहिले त्यस्को मा कहिले हाम्रो मा ।
हो यस्तो मिल्ने साथीको आमा बितेको खबर पाए आज । सानो बेला प्राय त्यस्को घरमा मात्र चिया पाक्थ्यो । मैले कतै चिया खाएको थिए भने त हो त्यो काकीले पकाएको चिया खाएको थिए । चिया खाने चलन नै हुदैन थियो त्यती बेला । हाम्रो गाँउमा चिनी किन्थे भने हो त्यो काकीको घरमा मात्र किन्थे । मलाई चिया पिउने बानी गराएको त्यही काकिले भन्न पनि सकिन्छ किनकि अन्त चिया पाक्दैन थ्यो । उनकै घरमा पाक्थ्यो पाक्ने बेला म त्यही भैहाल्थे । भए पछि दिन परिहाल्थ्यो । ती मेरो साथी गणेश अनी श्यामेको आमा मात्र हैनन । नाताले मेरो काकी पर्ने पनि हुन ।
सानो बेला कहिले त हामीले हैरान पार्थ्यौ होला । कहिले कहिले रिसले नाङ्ग रातमाटे पाली या निङनिङको नेमते (तिमीहरु आआफ्नो घरमा जाओ) भन्थे । त्यती बेला गाली गरेको जस्तो लाग्थ्यो । वास्तवमा त्यो गाली रहेनछ । त्यो त माया रहेछ । मैले देखे सम्म पेट ठुलै थियो । सानो बेला गणेशले हाम्रो आमाले अब बुइनी पाउछिन भन्थ्यो । मैले पनि पत्यादिन्थे तर त्यो मुलालाई पनि थाहा रहेनछ बाउ खसी परेको ।
काकीको सम्झनाहरु धेरै छन । म जन्मे देखि अहिले सम्मको । सबै मनमा खेलीरहेको छ । मैले त्यो काकी नाचेको कहिले देखेको थिइन पछिल्लो समय ठ्याक्कै भन्न सकिन कस्को बिहेमा हो की पुजामा हो नाचेको देखेको थिए । जहिल्यै भेट हुदा हारा छ बाबु (के छ बाबू खबर) भनेर सोध्थीन मैले पनि ठिकै छ भन्थे फेरी कान्छि कुता छ (कान्छी कहाँ छ ।) भन्नुहुन्थ्यो । मैले घरमै छ भन्थे । (मेरो श्रीमतीलाई चै कान्छी भन्थिन उता माइती पट्टी बाट बहिनी परेर) जहिल्यै भेटदा पनि बोली हाल्ने काकी थिइन । मैले जिवनभर रिस गरेको कहिल्यै देखिन । भुराहरुलाई अत्यन्त माया गर्ने । तीनका छोराहरु श्यामे र गणेशको छरछोरी तीनै काकीले नै हुर्काएका हुन भन्दा फरक पर्दैन । भन्नै पर्दा मनमै बसेको प्रिय मान्छे बितेको सुन्दा दुख लाग्यो ।
पछिल्लो समय दुबै छोराहरु भिन्दो बसे । काकि र काका मात्र थिए उतापटि पकाउने ठाँउ र चटक्कको बस्ने ठाँउ बनाएका थिए । म बेलाबेला घर गएको बेला गैराख्थे । काक्रो भएको बेला बाबु काक्रो खाने भन्थे, मकै भको बेला माकाइ च्या (मकै खाउ) भनेर मकै दिन्थे अझ चाड पर्वमा पुगे भने त रक्सी मासु पनि दि हाल्ने काकी हुन । मनमा पाप नभएको मान्छे भन्छन नी हो तीनै काकी हुन त्यो भनेको । आखिर त्यही सम्झनाको डोरी त हो । मरण त सबैको हुने नै हो । कोहि छिटो कोही ढिलो । आखिर काकी तपाईको सम्झना र कमीको महसुस भै नै रहन्छ ।
अलविदा !
हार्दिक श्रदान्जली काकी, मृत आत्माको स्वर्गमा वास होस ।
परिवारमा धैर्यधारण गर्ने शक्ती भगवानले दिउन ।